आहा रारा गोल्डकपमा आज थ्री स्टार र आर्मीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौँ : पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाईनलमा आज थ्री स्टार र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङ नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्