तीनै तहको निर्वाचन एकैपल्ट गर्ने प्रस्ताव चुनाव सार्ने योजना : खरेल



काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य अग्नि खरेलले तीनै तहको निर्वाचन एकैपल्ट गर्ने प्रस्ताव चुनाव सार्ने योजना भएको आरोप लगाएका छन् ।

पूर्वकानुनमन्त्री समेत रहेका खरेलले झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अर्ली इलेक्सन वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको बताएका हुन् । साथै उनले संविधानले स्थानीय तहको सरकारले तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् ।

खरेलले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताएका छन् । चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो ।

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्