नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा



काठमाडौं : गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा आज भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन् ।

पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमाथि ६-३ ६-४ ४-६ ३-६ ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले । सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अष्ट्रेलियन ओपन २००९ को च्याम्पियन हुन् ।

प्रतिक्रिया दिनुहोस्