यार्सागुम्बा संकलनमा गएका किशोरको मृत्यु



जाजरकोट : यार्सागुम्बा संकलनका लागि डोल्पाको पाटन गएका एक जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर शुक्रबार मृत्यु भएको हो।

डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन्। मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए। योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्