आमाको तिज



अघिल्लो दिन राती उठेर दर खाएपछि भोलिपल्ट दिनभर निरहार रहेर मेरो आमा ब्रत बस्नु हुन्थियो । दिनभर खानापानी केही नखाइनै ब्रत बस्दा निकै कमजोर र मलिन देखिन्थयो आमाको अनुहार । मेरो कलिलो मष्तिस्कमा यो प्रभाव परेको थियो कि तिज भनेको केही खान नमिल्ने दिन हो झुक्एिर खाइहाल्यो भनेपनि निकै ठूलो अनर्थनै हुने गर्छ ।


म सानो हुदा देखि बुझ्ने भइसक्दा पनि आमालाइ तीजको दिन सधैनै निरहार रहेको देखे । लामो समय भइसकेका थियो आमासगै तिज नमनाएको अघिल्लो बर्ष सौभाग्ले आमा सगँ तिज मनाउँने अवसर मिल्यो । सधैको बर्ष झै आमा ब्रत बस्न तयार हुन भयो । यसपाली भने मैले आमालाइ सोधे ‘किन तपाइ तिजमा निर्जल रहेर ब्रत बस्नु हुन्छ फलफूल खानुस पानी पिउनुस न तापाइको स्वास्थ्य पनि ठिक छैन ।’ उहाँले मलाइ निकै झपार्दै भन्नु भयो यो उमेरमा आएर पाप बोकाउन खोज्छस मलाइ ।तेरो बाबाको दिर्घायु र सु स्वास्थ्यको लागि बसेको व्रत हो यो । आमा त्यति भनेर मात्र रोकिनु भएन अझै थप्न भयो बिहे गर्न बेला भइसक्यो त पनि ब्रत बस् बरु राम्रो वर को लागि । उहाँको भनाइलाइ मान्ने हो भने मैले पनि उहाँको जस्तै निरहार रहेर ब्रत बसेभने निकै राम्रो र योग्य वर पाउँछु ।


आमाको अगाडी फेरी तर्क गर्न मन लाग्यो अनि सोधे ‘के तपाइले तिजको दिनभन्दा अगाडीपछाडी बाबा को लागि दिर्घायुको ,सुस्वास्थ को कामना गर्नु हुन्न र ।’ म त हमेशा हरेक क्षण गर्छु नी हैन सोध्न पनि केके आउँछ तलाइ उहा अलि बढीनै रिसाउनु भयो । मेरो उदेश्य उहाँको विश्वास र भरोसालाइ हटाउनु भन्ने थिएन मात्र म त केही परिर्वतन होस भन्ने हेतुले कुरा गर्देैै थिए आमा सगँ । हुन त उहाँले जान्दा देखिनै निरहार रहेर आफ्नो स्वास्थ्य अवस्था समेत ख्याल नगरी बसेको मान्छे ब्रत मैले भन्दैमा कहाँ मान्ने वाला हुनुुहुन्थियो र ।

अझ उहाँले नै मलाइ प्रश्न गर्न थाल्नु भयो त चहि विहेपछि पनि व्रत बस्दिनस ? मैले हास्दै भने अहँ तपाइ जसरी आफैलाइ असर पारेर पाप र पुण्यको हिसाब किताब गरेर ब्रत बस्दिन नी ।आमा त एक्कासी रिसाउन थाल्नु भयो आफ्नो पतिको लागि यतिपनि गर्न सक्दिनस् भने के गर्छस त ?मैले भने आमा , म मेरो श्रीमानको ख्याल त राख्ने छु तर निरहार ब्रत बस्ने छैन, उसले हरेक दिन पसिना बगाएर कमाउने पैसा सुनको चुरा र साडिमा तिजको नाममा खर्च गर्ने छैन । हेर्नुस त तपाइले मलाइ कति सक्षम बनाउनु भएको छ यसैले म जागिर खानेछु उसलाइ घर चलाउन आर्थिक रुपमा सहयोग गर्ने छु । उसलाइ आरामको जरुरत परेको बेला घरमा राखेर म आफू काममा जानेछु । यसलै मेरो निरहार व्रतले भन्दा पनि सहयोग र साथले सधै स्वस्थ रहन सहयोग गरोस हिम्मत र हौसला मिलोस यसैले म निरहार व्रत कहिले बस्ने छैन् ।


हाम्रो परिवारमा बाबा मात्र एक्लो मान्छे हो जसको कमाइमा हामी बाचिरहेका छौ। हाम्रो खुशिको लागि दिनरात नभनी आफ्नै ख्याल नराखी मेहनत गर्नु भयो उहाँलाइ सहयोग गर्न हामीले सकेनौ यसैले तपाइले बर्षौदेखि ब्रत राख्दा राख्दै पनि बाबा बिरामी हुनुहुन्छ नी । सुस्वास्थ्य र दिर्घायुको लागि ब्रत बस्ने भन्दापनि बाबालाइ आरामको जरुरत हुदा उहाँले नसक्दा पनि कामगर्नेै पर्ने बाध्यता थिएन भने सायद उहाँ थला पर्नु हुनेथिएन होला । खासमा आमा तपाइ कमाउँने भइदिएको भए उहाँलाइ मात्र भार पर्ने थिएन जिम्मेवारी बाडफाड हुनेथिए सहज हुनेथियो यसलै ब्रतले भन्दापनि साथ र सहयोगले उहाँलाइ बलियो बनाउँने थियो ।


आमाले विस्तारै भन्नु भयो खाएर ब्रतबस्दा मलाइ पाप त लाग्दैन नि ? मैले खुशी हुदै भने तपाइको पाप जतिसबै म लिने भए फलफुल खानुस पानी पिउनुस अनि आफ्नो स्वास्थ्यको ख्याल गर्देै ब्रत बस्नुस । यसबर्षपनि तिज आइसकेको छ धेरै दिदिबैनीहरु आफ्नो माइतिघर गएका छन् आफ्नो आफ्नो तरिकाले ब्रत बस्नेछन तिज मनाउने छन । तर यसबर्ष भने मेरो आमाले निरहार ब्रतबस्नु हुने छैन ।


समय सगै हरेक कुरा परिर्वतन गर्न जरुरी हुने गर्दछ हुनत नेपाली नारीहरुको महान चाड हो, तिज । यो दिनलाई नेपाली महिलाहरुले विशेष रुपमा मनाउँछन् । माईतीघरमा गएर दिदिबहिनीसँग भेटघाट गरि वर्षभरि आफुले पाएको दुख र वेदनालाई गीतमार्फत पोख्ने चलन तिजमा छ । गीतमार्फत दुख वेदना पोख्दै महिला दिदिबहिनीहरु आपसमा नाचगान गरेर पिडा भुलाउँछन् । तिजको यहि सँस्कारमा विकास हुँदै आएको हो । परापुर्वकालदेखि नै यो महिलाहरुको लागि विशेष चाड हो र, यो सँस्कृतिको रुपमा विकसित भइसकेको छ । जुन कुरा विकसित भइसकेको छ त्यो कुरालाइ थोरैपनि परिर्वतन गर्न निकै गाह्रो हुने रैछ मैले त्यो कुरा मेरो आमाबाट नै थाहा पाए । तिज हाम्रो संस्कृति हो परम्परा हो यसको जगेर्ना सगै केही कुरा परिर्वतन हुनपनि उत्तिकै जरुरी छ ।


हुन त समय परिवर्तनशिल छ । समयअनुसार तिज मनाउने शैलीमा धेरथोर फरक आउनु स्वभाविक नै मान्न सकिन्छ । तर सँस्कारलाई नै भुलेर रमाईलोका लागि, देखाउनका लागि र खानपिन गर्नका लागि मान्न थालिएको तिजलाई कदापी राम्रो मान्न सकिँदैन । तिजमा लगाईने पहिरन, खाईने परिकार, श्रृंगारको कुरा आमाको पालामा निकै सभ्य, शालिन हुन्थ्यो भने अहिले आएर त्यस्तो हुन छाडेको छ । महिलाहरुले लगाउने पहिरन कसको महँगो ? कसले मिठो खायो ? र, कसले धेरै गहना देखायो ? भन्ने सवाल अहिलेको तिजमा बढि उठ्छ यो संस्कार हटेर दुख शुख बाड्ने ठाउँबनोस तिज सबै दिदिबैनीहरुलाइ शुभकामना ।

प्रतिक्रिया दिनुहोस्