माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने



काठमाडौँ : कोरोना संक्रमणलाई कारण बन्द भएका विद्यालय माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन् । विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप लगाउन माघ १५ देखी २० गतेसम्मका लागि विद्यालय खोल्न सरकारले निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएका विद्यार्थीको विवरण अद्यावधिक गर्न पनि देशैभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्