नेपाललाई जापानको १० अर्ब ४७ करोड ऋण सहायता



काठमाडौँ : नेपाललाई जापानले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता प्रदान गरेको छ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि उक्त रकम खर्च हुने भएको छ ।

अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता  सम्बन्धि आदान-प्रदान पत्रमा हस्ताक्षर गरेका हुन् । गत पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले जापान सरकारले दिने उक्त ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको थियो ।

जापान सरकारले यसबारे जानकारी दिन विज्ञप्ति जारी गर्दै उक्त रकम कोरोनाबाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न  महत्वपूर्ण सावित हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्