तीन तहको चुनाव एकै पटक गर्न नेता पोखरेलको सुझाव



महोत्तरी । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले सरकारले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने तर्क गरेका छन् । महोत्तरीको खयरमारामा आयोजित कार्यक्रमामा पोखरेलले तीन वटै चुनाव एकै पटक गर्दाखेरी मोटामोटीरुपमा राज्यको खर्च पनि कम हुने धारण राखे।
उनले सबै दल मिलेर मधेश प्रदेशलाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए । ‘मधेश प्रदेश मानव सूचांकमा निकै पछाडि परेको प्रदेशमा पर्छ । यसलाई एकदमै माथि उठाउनुु पर्नेछ,’नेता पोखरेलले भने, ‘मतभेदलाई चर्काउने भन्दापनि सबै मिलेर प्रदेशको सूचांकलाई माथि उठाउन लाग्नुपर्छ ।’
जनताको आवश्यकतालाई पक्रेर विकासको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड उनले दिए ।

 

प्रतिक्रिया दिनुहोस्