‘तीजलाई अन्धविश्वास होइन, महिला स्वतन्त्रताको पर्वका रुपमा मनाऔं’



सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरितालिका तीजलाई महिलाको स्वतन्त्रताको पर्वका रुपमा मनाउन आग्रह गरेका छन् । बिहीबार ‘हरितालिका तीर्व–२०७८’ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले तीजलाई परम्परागत अन्धविश्वासका आधारमा नभई दिदीबहिनको भेटघाट र सुख, दुख साट्ने पाविारिक मिलन र समाजिक सद्भावको रुपमा तीज पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले भने ,‘ तीज पर्वका नाममा हुने आर्थिक , सामाजिक र सांस्कृतिक विकृतिहरुप्रति सचेत रहँदै महिलाको हक अधिकार, समानता, सहअस्तित्वको आवाज उठाउने तथा जागरुक बनाउने अवसरका रुपमा तीजलाई उपयोग गर्न आवाश्यक छ ।’

साथै शाहीले बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सद्भाव र एकतासहित अघि बढ्न प्रेरित गरिरहेको पनि बताए । मुख्यमन्त्री शाहीले ‘हरितालिका तीज –२०७८’ ले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्न शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्