मुख्यमन्त्री केसीले मतदान गरेसँगै लुम्बिनीमा मतदान सुरु



बुटवल : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ ।

तोकिएकै समय बिहान ९ बजे दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो।

त्यही तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।लुम्बिनीमा बिहान ९ देखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्