भारतको ७३औं गणतन्त्र दिवस मनाइयाे



काठमाडौँ : काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । बुधबार मनाइएको सो दिवसको शुभारम्भ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय ध्वजा झन्डोत्तोलन गरेसँगै सुरु भएको हो ।

त्यसपछि उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएको थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र शहीद सैनिकका निकटतम नातेदारलाई ६३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । ‘स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत वर्षभरी र सन् २०२३ को अगस्ट महिनासम्म विविध सांस्कृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने भएको छ ।

 

साथै नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोग कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने जनाएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस्