२१ लाख ६९ हजार बढी नेपाली विदेशमा



काठमाडौँ : २१ लाख ६९ हजर बढी नेपाली विदेशमा रहेको तथ्याङ्क सार्वजनिक भएको । राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांकमा आधारमा २१ लाख ६९ हजार ४ सय ४७ नेपालीहरू प्राय विदेशमा छन् ।

यस्तै भौगोलिक क्षेत्र अनुसार तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।

धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा प्राय बस्ने नेपालीको कुल सङ्ख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।

दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार ०२९ ९८७.६४ प्रतिशत र महिला २ लाख ३७ हजार ४०० ९१२.३६ प्रतिशत थिए । २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्