मुलुकको खर्च जोगाउन तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको खर्च जोगाउन तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन् । आज पार्टी कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने दोहर्याएका हुन् । 

संविधानलाई सर्वोपरि राखेर कानुनअनुसार निर्वाचन हुनुपर्नेमा आफूहरूको जोड रहेको बताएका छन् । यस्तै अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सम्पूर्ण सीटमा गठबन्धनको नै जित निश्चित भएको समेत दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्