गुल्मी मालपोत कार्यालय माघ १७ गतेसम्मका लागि बन्द



गुल्मी : कर्मचारीमा कोरोना संक्रमित भएपछि गुल्मीको मालपोत कार्यालय माघ १७ गतेसम्मका लागि बन्द गरिएको छ । कार्यालयले सूचना जारी गर्दै आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

यसअघि मङ्गलबारदेखि कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालयका सेवा पनि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्