सिके राउतका कार्यकर्ताको कुटपिटबाट डाक्टर घाइते



काठमाडौँ : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक डाक्टरमाथि कुटपिट गरेका छन् । धनुषामा आज दिउँसो पार्टीका कार्यकर्ताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सतीश कुमार सिंहमाथि आक्रमण गरेका हुन् ।

जनकपुरबाट बर्दिबास जाने क्रममा कार्यकर्ताले डा.सिंहलाई जनकपुरको पिडारी चोकमा गाडी तोडफोडका साथै कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । 

कुटपिटबाट डा.सिंहको मुखमा गम्भीर चोट लागेको छ भने ओठमा आठवटा टाँका लगाइएकाे छ ।  घाइते साहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यसअघि जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवनका मेयर-उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्