विप्लव समूहका केन्द्रीय सदस्य नेकपामा प्रवेश 



कैलाली : प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्को नेकपा समुहका केन्द्रिय दलित विभाग सदस्य मन नेपाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आयोजित कैलाली जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् । 

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भिम रावलले नेपालीलाई खाता ओडाएर पार्टीमा स्वागत गरेका छन् । 

यस्तै कार्यक्रममा कैलाली जिल्ला कमिटी सदस्यले  सपथ ग्रहरण गराएका छन् । इन्चार्ज रावलले तत्कालीन एमालेबाट ९५ जना र माओवादी केन्द्रबाट ८० जना गरि जम्मा १ सय ७५ जना सदस्यहरुलाई सपथ खुवाएका छ्न् । 

सुदूरपश्चिम सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले समेत जिल्ला कमिटी सदस्यको सपथ ग्रहरण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्