दक्षिण सुडानमा भएको जातीय दंगामा परि ३२ जनाको मृत्यु



एजेन्सी : दक्षिण सुडानमा भएको जातीय दंगामा परि ३२ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण सुडानको जान्गेली राज्यमा दुई जातिबीच भएको दंगामा परि उनीहरूको मृत्यु भएको हो ।

राज्यका प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समुहका नागरिकले गरेको हमलामा अन्य कयौं मानिस घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्