मकवानपुरमा सक्रिय कोरोनाका संक्रमित १३ सय ४५



मकवानपुर : मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा द्ई सय ३६ जना संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्