राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी शाह विजयी



काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गरिमा शाह विजयी भएकी छन् । सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी शाह निर्वाचित भएकी हुन् । यद्यपी निर्वाचन आयोगले भने शाह निर्वाचित भएको घोषणा गर्न भने बाँकी नै छ ।

आज दिउँसो भएको मतगणना अनुसार शाहलाई प्रदेशसभाको ३९ र स्थानीय तहको १ सय ९ जनप्रतिनिधिले मत दिएका छन् । भने उनकी प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेद्वार सन्तोषकुमारी थापालाई प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जना जनप्रतिनिधिले मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्