त्रिभुवन आर्मीे सेमिफाइनलमा



पोखरा । वैकल्पिक खेलाडी राजीव गुरुङले निर्णायक गोल गरेपछि रुस्लान थ्री स्टार क्लबलाई क्वार्टरफाइनलमै रोक्दै त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लेयर अफ दी म्याच राजीवले ७०औं मिनेटमा गोलको खडेरी तोडेका थिए । आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे ।
सेन्टर लाइननजिकै प्रिन्सले बल दिने क्रममा थ्री स्टारका डिफेन्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का गरे । आर्मीले अब फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।
त्रिभुवन आर्मीले दुई वर्षअघि पोखराकै मैदानमा थ्री स्टारसँग फाइनलमा पराजित हँुदै उपाधि उचाल्ने सपना पूरा गर्न सकेको थिएन । त्यही आर्मीले पोखराकै मैदानमा दुई वर्षपछि मंगलबार गोल्डकपको २०औं संस्करणअन्तर्गत क्वार्टरफाइनल भेटमा थ्री स्टारलाई सेमिफाइनल यात्रा गर्न दिएन । थ्री स्टारलाई रोक्न आर्मीको १–० को नतिजा पर्याप्त बन्यो ।
२०७५ सालमा आर्मी थ्री स्टारसँग फाइनलमा टाइब्रेकरमा पराजित भएको थियो । २–२ को बराबरी खेल्दै निर्णय पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा आर्मी ५–४ ले पराजित भएको थियो । त्यो हारको पीडालाई त्रिभुवन आर्मीले पोखराकै मैदानमा थ्री स्टारलाई पराजित गर्दै मलम लगायो । आर्मीले थ्री स्टारविरुद्ध आक्रामक रणनीति अपनाए पनि सफल भने हुन सकेको थिएन ।
हिमश्री फुड्सका मुख्य प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा बिहीबार पहिलो सेमिफाइनल एपिएफ र मच्छिन्द्रबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्