राष्ट्रियसभा निर्वाचन: बाग्मतीमा पनि गठबन्धनकै जीत



काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा पनि सत्ता गठबन्धनले बाजी मारेको छ । निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन् ।

तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लेले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।

स्थानीय तह अन्तर्गत २३७ मा महिला तर्फका उम्मेदवार तिमल्सिनाले ले ११६ मत र कुँवरले ११७ मत पाएका छन् । त्यसैगरी गीता काफ्लेले २ मत र २ मत बदर भएको छ । यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मतमा ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार २ तामाङले मत प्राप्त गरेका छन भने दुई मत बदर भएको छ । प्रदेशसभा अन्तर्गत १०६ मा तिमल्सिनाले ले ५७ मत र कुँवरले ४७ मत पाएकी छिन् भने नेमकिपा उम्मेदवार काफ्लेले २ मत प्राप्त गरेकी छिन् ।

प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदका पौडेलले ५६ मतमा मत र शाक्यले ४७ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन । निर्वाचनमा ३ सय ४६ मतदाता रहेको निर्वाचनमा ३ जना मतदाता अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्