प्रदेश १ मा कांग्रेसका बस्नेत विजयी



काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् । आज भएको निर्वाचनमा नेकपा एमालेका गुरु बराल र सत्तारुढगठबन्धनका गोपाल बस्नेतले बराबरी मत पाएपछि गोलाप्रथाबाट नतिजा निकालिएको हो ।

गोलाप्रथाबाट निकालिएको परिणाम अनुसार गठबन्धनका बस्नेत एमालेका बराललाई हराउँदै निर्वाचित भएका हुन् । यसअघि एमालेका उम्मेदवार बराल र कांग्रेसका बस्नेतले बराबर ४४८८ मत पाएका थिए ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्