कर्णालीमा पनि गठबन्धनले नै जित्यो



सुर्खेत : राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनले नै जितेको छ । कर्णालीमा नेपाली कांग्रेसबाट दुर्गा गुरूङले २९७० मतभार ल्याएर विजयी भएकी छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले ३००६ मतभार ल्याएर निर्वाचित हुँदा नेकपा (एकीकृत समाजवादी) का उदय बोहराले ३००६ मतभार ल्याएर विजयी भएका हुन् ।

यसअघि गठबन्धनले लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सबै सिट जितेको थियो । १९ रिक्त पदका लागि आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्