राजेशपायल राई र प्रमाेद खरेलले जसलाई हिट बनाइदिए



काठमाडाै‌ं : खोटाङ पारामा जन्मेकी मीरादेवी राई नेपाली सांगीतिक फाँटमा पाइला चाल्दै छिन्। संगीत क्षेत्रमा लागेको एक वर्ष भयो। सुरुमा गीत लेखेर यस क्षेत्रमा उदाएकी उनी युगल गीतबाट गायन क्षेत्रमा पनि प्रवेश गरिन्। उनले करिब आधा दर्जन गीतमा स्वर दिइसकेकी छन्। 

गायनभन्दा पनि गीत लेखनमा रुचि राख्ने राईका गीतमा अहिलेका चर्चित गायक राजेशपायल राई, प्रमोद खरेल, रोशन राई, मेनुका राईले स्वर दिइसकेका छन्। लेखेका एक दर्जनजति रेकर्ड गराइसकेकी उनी हाल इजराइल छिन्। उनै गायिका राईसँग द नेपालटपका संवाददाता विवेक थापाले गरेको कुराकानी

सांगीतिक क्षेत्रमा लागेको यति छोटो समयमा तपाईं आफूलाई कत्तिको सफल मान्नुहुन्छ ?

नाइ आज सम्म तेस्तो महसुस गरेकी छैन। संगीतलाई नजिकबाट बुझदै छु सिक्दै छु। सफल असफलभन्दा पनि यसमा लागेर मनमा आन्नद लागेको छ। जे होस् खुसी छु।

गीत लेखनबाट यस क्षेत्रमा आउनुभएको भन्नुहुन्छ। गीत लेख्न सजिलो कि गाउन ?

दुवै गाह्रो नै छ तर लेख्ने बानी बसिसकेकोले होला गाउनभन्दा लेख्न सजिलो लाग्छ ।

पहिलोपटक गाएको गीत कुन हो ?

एकल गीत त छैन। युगल गीत भने गाएको छु। ‘ढुक ढुक’ बोलको गीत मैले गाएको पहिलो युगल गीत हो।

तपाईंले लेख्नुभएको पहिलो गीत कुन हो ? याद छ ?

किन नहुनु। ‘कुन जुनीको बदला लियौं’। तर रेकर्डिङ भने ‘मायाले बोलायो’ हो।

कहिले लेख्नुभएको हो ? कसले गाएका थिए ?

मैले पहिलो गीत लेखेको एक वर्ष भयो त्यो गीत रोशन राईले गाउनु भएको थिए।

नेपाली संगीत क्षेत्रको विकासलाई कसरी नियाल्नुभएको छ ?

नेपाली गीत संगीतको क्षेत्रमा निक्कै नै सुनौँला आयामहरु थपिएका छन्। सुरु-सुरुमा जस्तो क्यासेटको भरमा गायक-गायिकाहरु बस्नुपर्ने अवस्था छैन। गीत-संगीतबाट पनि बाँच्न सकिन्छ भन्ने अहिलेको संगीतको क्षेत्रले देखाएको छ। हरेक सकारात्मक कुरासंगै नकारात्मक कुराको विकास पनि भएको छ। कहिलेकाहीँ चैँ पहिलाको संगीतको समय गोल्डेन थियो भनेजस्तो लाग्छ।

कतै सिक्नुभएको थियो ?

संगीत मैले सिकेको छैन। यसको धेरै पक्ष पनि जान्दिनँ। साथीहरुले हौसला दिनुहुन्छ, त्यसैले यतिसम्म गरेकी छु।

नेपाली सांगीतिक क्षेत्रको अवस्था कस्तो छ जस्तो लाग्छ ?

नजिकबाट बुझेकी छैन, धेरै बुझ्न बाँकी छ।

कस्तो गीत गाउँदा आनन्द लाग्छ ?

मलाई रक पप मनपर्छ। अब आउने गीत यस्तै छन्

पप गीत गाउनेलाई समाजले हर्ने दृष्टिकोण नै फरक छ भन्छन् नि ?

मलाई त त्यस्तो लाग्दैन। संगीतमा पनि फरक टेस्ट रोज्ने श्रोताहरु अहिले छन्। प्राय गीत संगीत मन नपराउने मान्छे कमै हुन्छन्। पहिलाको समयमा पप गीत भन्दा ‘यस्तो पनि गीत हुन्छ र’ भन्ने थियो। तर अहिले हरेक मानिसको मानसिकता परिवर्तन भइरहेको छ।

अहिले संगीत क्षेत्रमा के कस्ता चुनौती देख्नुहुन्छ?

अहिलेको गायक गायिकाहरु आउने जाने क्रम छ। जस्तो पनि गीत आउने क्रम बढी रहेको छ। एक किसिमले हेर्दा अवसर धेरै पनि छ पहिलाको भन्दा चुनौती धेरै नै छन्। नेपाली संगीतको बजार फराकिलो भइसकेको अवस्थामा यतै हराउने सम्भावना पनि बढेको छ। गीत-संगीतको क्षेत्रमा पनि अनेकौँ किसिमका विसङगतिहरु बढिरहेका छन्। जस्ले गर्दा पनि समस्या उब्जिएको छ।

यो क्षेत्रमा कत्तिको जम्छु जस्तो लागेको छ त ? यसमा लाग्दा आनन्द कत्तिको हुँदो रहेछ त ?

सफलता अहिलेसम्म र भलिको दिनमा पनि हासिल गरेको महसुस हुन्न। किनभने यो एउटा ठूलो सागर हो, जहाँ जति भित्र गएपनि यसको गहिराई भेट्न सकिँदैन।खुसी छु।

यहाँसम्म आइपुग्दा संगीतलाई कसरी बुझ्नुभयो ?

बुझेको यत्ति हो संगीतले बाँच्न सिकाउँछ। कोही हुँदा वा नहुँदायसले असल साथी भएर अघिबढ्न हौसला दिइरहन्छ। एक्लो महसुस हुन दिन्न।

यस क्षेत्रमा लागकोश्रेयचाहिँ कसलाई दिनुहुन्छ ?

त्यस्तो संगीतमै लाग् भन्ने कसैको सहयोग पाइनँ। यो मेरो रहर हो। जसलाइ मर्न दिन्नँ

गायनमा नलागेको भए के गर्नुहुन्थ्यो ?

हैन। यसैमा लागिहालेको पनि नभनौं। अलि अलि कोसिस मात्र हो। मैले केही जानेकी छैन सिक्दैछु। म सानैदेखि गीत गाउँथे नाँच्थे। तर चाहना राम्रो डान्सर बन्ने थियो। मेरो टिचर र गाउँका सम्पूर्णबाट राम्रो गाउँछु, नाँच्छु भन्ने हौसलापाएँ। त्यसैले यतातिर लागें।

गीतसंगीतको थप विकासका लागि के गर्नुपर्ला ?

गीत-संगीतको क्षेत्रकै लागि भनेर धेरै संघ-संस्थाहरु खोलिएका छन्। नेपाली मार्केट फस्टाउँदै गइरहेको पनि छ। रोयल्टीको कुराहरु पनि उठेको छ, रोयल्टी आयो भने संगीतकर्मी पनि सेक्युर हुन सक्छन्, यसले गीत-स‌ंगीतको थप विकास एवं संवर्द्धनमा टेवा दिन सक्छजस्तो लाग्छ।

र अन्त्यमा केही भन्नुहुन्छ ?

जिन्दगी संघर्ष हो। धेरै समस्या आउँछन्। जसले हार मान्दैन, उसैले सफलता पाउँछ। दर्शक र स्रोतको साथले यहाँसम्म आइपुगें। हृदयदेखि धन्यवाद। भोलिका दिन अझै धेरै साथ र माया पाउने अपेक्षा गरेकी छु। अब छिट्टै म मेरो नयाँ गीतलिएर आउँदैछु।मेरो कुरा राख्ने ठाउँ दिनुभएकोमा धेरै धेरै धन्यवाद।

प्रतिक्रिया दिनुहोस्