प्रदेश २ मा ‘नो मास्क, नो सर्भिस’ अभियान



जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी विरुद्ध ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ । आइतबार मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले प्रदेश भर ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय गरेको हो ।
कोभिड–१९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमी आए लगतै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचेक्र्याइ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरुमा उक्त अभियान चलाउने निर्णय गरेको हो ।
मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरुमार्फत् विज्ञापन प्रसारण प्रकाशन गराउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्