यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन



 काठमाडौँ : बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियाको प्रवेश रोक्न यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै कर्मचारीको कहिँकतै सेटिङ भए त्यसलाई नछाड्ने भन्दै बिचौलियालाई भित्र पस्न नदिन कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले अगाडि ‘भने यदि त्यो पनि भएन भने पुलिस लगाएर भए पनि उनीहरूलाई समाउँछौं, कारबाही गर्छौं ।’

कार्यालयका कर्मचारीसँगको छलफलमा मन्त्री दाहालले कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरू पनि हच्किएर सही बाटोमा विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्