बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ



मोरङ : बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मोरङको बेलरी नगरपालिका ९ डाँगाबजार बस्ने ३५ बर्षका जयबहादुर खत्रीलाई आफ्ना ८० वर्षे बाबु दलबहादुर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राति पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा विवाद तथा झैझगडा हुँदा बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्