उखुबारीको एउटा खाल्डोमा शव फेला : अर्काे खाल्डो खनिँदै



मोरङ : मोरङको उखु बारीको खाडलमा एक जना पुरुषको शव फेला परेको छ । मोरङको धनपाल गाउँपालिका ७ कमलपुरको वस्ती नजिकै रहेको उखु बारीको खाडलमा एकजनाको भेटिएको छ । भने अर्काे शंकास्पद खाडल पनि भेटिएको र उक्त खाल्डो प्रहरीले खन्दै गरेको बताइएको छ ।

उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको जनाइएको छ । खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुषको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव सडेको अवस्थामा फेला परेको छ । खाल्डो शंकास्पद रहेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बुधवार खनेको थियो । खाल्डोमा अन्दाजी ३०-३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । ५ फिट गहिरो खाल्डोमा शव भेटिएको हाे ।

शव भेटिएको स्थाननजिकै अर्को खाल्डो पनि रहेको प्रहरीले बताएको छ । शंकास्पद रहेकाले अर्को खाल्डो पनि खन्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्