जोर-विजोर प्रणालीले झन सास्ती, सिडिओहरूको बैठक बस्दै



काठमाडौँ : काठमाडौँ उपत्याकामा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ। । त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् । 

दैनिकजसो कम मात्रामा सवारीसाधन चल्दा झनै भिडभाड हुने भएकाले कोरोनाको जोखिम झनै बढ्ने भन्दै जोर-विजोर प्रणाली हटाउनुपर्ने माग उठ्न थालेको छ ।

यसैबीच यातायातमा लागु जोर-विजोर प्रणालीको बारेमा काठमाडौँ उपत्यकाका तीन जिल्ला अधिकारीहरूले समीक्षा गर्ने भएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार शुक्रबार तीन जिल्लाका जिल्ला अधिकारीहरूको बैठक बसेर यसका बारेमा छलफल गर्ने भएका छन् ।

जोर-विजोर प्रणालीले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् । साथै रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेको पनि बताएका छन् ।

उता ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि भोलिसम्ममा अर्काे आदेश जारी गर्ने बताएका छन् । यद्यपि जोर-विजोर हटाउने निर्णयमा भने पुगि नसकेको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्