कोरोनाका कारण १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित



काठमाडौँ : नेपालमा आज एकैदिन १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्