पूर्व शिक्षामन्त्री पाेखरेल कोरोना संक्रमित



काठमाडौँ : महोत्तरी माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । आज बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्