आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा



काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । मनाङले अब उपाधिका लागि शनिबार सशस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा ४-३ गोलले हराएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । बुधवार मच्छिन्द्रलाई तीन एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्