सन्दीप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण श्रेणी ए मा



काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गरेको हो ।

क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो

पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड ‘ए’ मा रहेका छन् ।

ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहँदा ग्रेड ‘सी’ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफछन् ।

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् ।

यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड “सी” मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्