अष्ट्रेलियामा नेपग्याजम कमेडी नाईट हुँदै



काठमाडौँ : भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ । नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ  laugh is good for health. बिगत २ बर्ष देखि हामी मानव जगतले भोग्दै आएको कोरोना महामारिको डर, त्रासले गर्दा हामिले दिल खोलेर हाँस्न र आफ्नै परिवार साथी भाइ, इस्ट-मित्र संग खुसी साट्न पाएका थिएनौं ।

देशमा भएका हरु देखि बिदेशमा भएका हरु सम्म यो महामारीले टाढा थिए । अब फेरि हामी कोरोना संग लड्दै हाम्रो मानव जीवन सहज बनाउंदै अगाडि बढिरहेका छौं । बिगत दुई बर्ष देखिको तपाँईहरुको हाँसो लाई एकै साथ बाहिर निकाल्नको लागि नेप्ग्याजम अष्ट्रेलियाले यहि आउँदो फेब्रुअरी द्ध मा अष्ट्रेलियाको रकडेलमा रहेको Club House De Cafe मा कमेडी नाईट शाे गर्ने भएको छ ।

जसमा कलाकार द्वय Gunniess World record holder UKG उमेश कुमार गौतम, कलाकार बबिन बानियाँ र कलाकार रुपक बुढाथोकिले आफ्नो प्रस्तुती दिनेभएका छन । बिगतमा कमेडी शो मात्र गरेको नेपग्याजमले यो पाली कमेडिमा संगितिक माहोल पनि सानेल गरेको छ जसमा क्यरसाङले आफ्नो साङ्गेतिक प्रस्तुती देनेछन । नेप्ग्याजम 2017 फ्रेब्रुअरिमा जन्मिएको नेपाली युट्युव च्यानल हो । जस्ले नेपालमा मात्र नभए अष्ट्रेलियामा पनि आफ्नो कमेडी शो संचालन गर्दै आईरहेको छ । युट्युव च्यानलमा ६ लाख बढी Subscriber  रहेको नेप्ग्याजम युवापुस्ता द्वरा अत्याधिक रुचाईएको कमेडी च्यानल हो। जस्ले बिगतका दिनहरुमा सगरमाथाको कालपत्थरमा बिश्वको अग्लो स्थानमा कमेडी गरेर Guinness World Record मा आफ्नो नाम पनि दर्ता गरिसकेको छ ।

नेपग्याजम को ईतिहाँस पढ्ने हो भने घ बर्षको अवधिमा नेपालका विभिन्न शहर देखि काठमाण्डौको रास्ट्रीय सभा गृह हुँदै प्रज्ञा प्रतिस्ठान सम्म मा नेपग्याजमले आफ्नो कमेडी शो संचालन गरेको थियो । नेपालमा मात्र नभएर australia को Redcapsicum र Hurstvill Theater हुँदै चुलो Harris park, Himalayan Fusion, Shark Hotel, Galli Galli मा क्रमश, हांस्छ Sydney 1 र हाँस्छ Sydney 2 संचालन गरिसकेको छ । जसमा २५० भन्दा बढी Audience को सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्