अस्ट्रेलियन ओपन, नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक



काठमाडौं : कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । आज सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

सुरुआती दुई सेट क्रमशः ६-३ ६-२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३-६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६(३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।

नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।

दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्