जनमत पार्टीका नेता र कार्यकर्तालाई कारबाही गर्न जसपाको माग



जनकपुरधाम । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।
जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले शुक्रबार विज्ञप्तिमार्फत राष्ट्रियसभा निर्वाचन भइरहँदा किसान आन्दोलनको आडमा प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखमाथि गरेको सांघातिक आक्रमणको निन्दा गरेका छन् । जसपाले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।
जनमतका कार्यकर्ताले गरेको क्षतिको विवरण एकिन गरि पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत जसपाले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्