आफ्नै प्रेमिकाको अश्लिल फोटोभिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ



काठमाडौँ: सामाजिक संजालमा आफ्नै प्रेमिकाको अश्लिल फोटोभिडियो पोष्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर बस्ने बर्ष २३ को सुजन जिरेल हुन् ।

उनलाई आफ्नो प्रेमिका संग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु प्रेमिकासंग विवाद गरे पश्चात मोबाईल समेत खोसी लिई फेसबुक, ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेसंग समन्वय गरि आइतबार पाँचखालबाट पक्राउ गरी सोमबार महानगरीय प्रहरी परिसर काठमाण्डौंमा ल्याएको हो। जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी अनुसन्धान गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्