बेइजिङ विन्टर ओलम्पिकको थिमगीत नेपाली भाषामा



काठमाडौं । चीनले विन्टर ओलम्पिकको थिमगीत नेपाली भाषामा रिलिज गरेको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत शुक्रबार थिमगीत सार्वजनिक गरेकी छन् ।
नेपाली भर्सनको गीतलाई प्रकाशबाबु पौडेलले लेखेका हुन् भने माण्डवी त्रिपाठी, जिवेशसिंह गुरुङ र चिनियाँ कलाकारले स्वर दिएका छन् ।
गीति भिडिओमा नेपाली र चिनियाँ कलाकारले अभिनय समेत गरेका छन् । फेब्रुअरी ४ देखि बेइजिङमा यसवर्षको विन्टर ओलम्पिक सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्