प्रदेश २ : एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो चयन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।
एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।
यस्तै प्रदेश २ मा पार्टीको प्रमुख सचेतक र सचेतक पछि चयन गरिनेछ । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको छ । प्रदेश २ मा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्