आफ्नै बाबुबाट बलात्कृत बालिकाको मृत्यु, कडा सुरक्षाबीच अन्त्यष्टि



बाँके : बाबुबाट यौन दुव्र्यवहार गरिएकी नेपालगञ्जकी १० वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । १२ कात्तिकमा बेहोस अबस्थामा उनलाई नेपलगञ्ज मेडिकल कलेजको आईसियूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा नेपालगञ्ज–२१ पुरैनाकी १० वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । जाहेरीमा ३, ४ र ५ कात्तिकमा छोरीमाथि आफ्नै बाबुले यौन दुव्र्यबहार गरेको उल्लेख छ । ‘तेल लगाउने बहानामा बालिकाको स्तन समाउने, योनीमा औंला पसाएर यौन दुव्र्यबहार गरेको’ जाहेरीमा उल्लेख छ । उनी पोलियो रोगले पीडित थिइन् ।

आरोपी बाबुलाई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको मृत्युपछि कडा सुरक्षा घेराबीच शुक्रबार मुस्लिम परम्पराअनुसार बालिकाको अन्तिम संस्कार गरिएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्