सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचनबारे छलफल हुने



काठमाडौं : सत्ता गठबन्धनको बैठक आज बस्दैछ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भएकाे छलफलपछि आजका लागि बैठक तय गरिएको हो ।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरि बोलाइएको छ। बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने छ। स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा आजको बैठकमा छलफल हुने एक नेताले बताए।

साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्