मनकारी गुरुङले लाखाैंकाे जग्गा विद्याललार्इ दान गरे



पर्वत : पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१ अाैं जन्मदिनको अवसरमा दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् ।

स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

तत्कालीन राजसभा स्थायी समितिका पूर्वसदस्यसमेत रहेका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमिनमा आयआर्जनका कार्यक्रम गरी शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताए ।

 

उनले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताए । उक्त जग्गाको लालपुर्जा गुरुङले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेललाई हस्तान्तरण गरे ।

 

कार्यक्रममा जग्गादाता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै दीर्घायुको कामना समेत गरिएको थियो । गुरुङ दम्पतीका चार छोरा छन् । उनीरू कोही वैदेशिक रोजगार त कोही बुटबलमा व्यवसायमा संलग्न छन् । गुरुङ केही समय गाउँमा त केही समय बुटबलमा बस्दै आएका छन् । 

 

गुरुङले प्रदान गरेको जग्गाको मूल्य रु २५ लाख बराबर छ । आफ्नो धानखेत, कोदोबारी र खरबारीजस्ता गाउँका महत्वपूर्ण जग्गा प्रदान गरेका मदनआश्रित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षत्रीले जानकारी दिए । उनका केही जग्गामा विद्यालयका लागि भौतिक पूर्वाधार बनाउने र बाँकी जग्गा भाडामा दिएर विद्यालयको लागि आयआर्जन गरिने क्षत्रीले बताए । 

 

अहिले कक्षा १० सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना छ । कक्षा १२ सम्म सञ्चालन भएपछि उक्त वडाका विद्यार्थी अध्ययन गर्नका लागि छिमेकी वडा नं ५ को लुङ्खुदेउराली जानुपर्ने बाध्यता हट्नेछ । 

 

जन्मदिनकै अवसरमा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ आरुचौर स्याङजामा रहेको सर्वोदय माविमा रु ५३ हजारबराबरको कोष खडा गरेका छन् । हरेक वर्ष साहित्यसम्बन्धी प्रतियोगिता गर्ने र उत्कृष्ट हुनेलाई सोही अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ