सुन यो साता तोलामा १२ सयले घट्यो



काठमाडौँ : नेपाली बजारमा यो साता सुनको मुल्य ओरालो लागेको छ । यो साता बजारमा सुनको मुल्य तोलामा १२ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत आइतबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार सम्म आइपुग्दा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको हो ।

अहिले सोहि मूल्यमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्