मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



सप्तरी : मोटरसाइकलको ठक्करबाट सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया रमादेवी दासको रहेका छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो ।

हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स ८ प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीचौकी पत्थरगढाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्