२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन



काठमाडौँ : गृहमन्त्री बाकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन् । कोरोना संक्रमण, सितलहरको अवस्था र सरकारले गरिब तथा असक्तलाई तराईमा सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणबारे २० जिल्ला अधिकारीसँग फोनवार्ता गरेका हुन् ।

गृहमन्त्री खाणले आज बिहानै मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, डडेलधुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका छन् ।

त्यस्तै मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग पनि टेलिफोन वार्ता गरेका हुन् ।

भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवि राना, लमजुङकका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र पर्वतका प्रमुख जिल्ला अधिकारी पर्वतदेवी पाण्डे खत्रीसँग टेलिफोनमार्फत् जिल्लामा कोभिड(१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्