६ वटा प्वाल तै पनि सुध्रिनन् चालक




काठमाडौ । अब गल्ति हुदैन एकचोटीलाइ माफ गर्नुस प्वाल नपार्दिनुस बागबजारको पुल नजिकै रोकिएको बस भित्रबाट ट्राफिक प्रहरीलाइ आग्रह गर्दै थिए रमेश भुजेल । उनले एकचोटीलाइ माफ गर्दिनुस भन्दै गल्तीगरेको ५ पटक भइसकेको छ ।

रमेश मात्र यस्तो चालक हैनन जसले बारम्बार गल्ती गरेरपनि माफीको अपेक्षा प्रहरी सगँ राख्ने गरेका छन् । चावहिलका संकेत मल्लको सवारी साधन र सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स दुवै ट्राफिक प्रहरीको नियन्त्रणमा छ । सोमबार बेलुका साथिको बिहेबाट घरफर्किदै गर्दा उनी ट्राफिक प्रहरीको कारबाहीमा परे । सवारी साधन र लाइसेन्स दुबै नभएपछि उनले आफ्नो अफिसनै बिदालिएर माहाशाखा आउनु प¥यो । मंगलबार ११ बजेतिर महाशाखामा भेटिएका उनी एउँटै गल्तीको कारण महाशाखा धाएको ४ पटक भइसक्यो । मादक पदार्थ सेवन गरेर सवारी चलाएपछि रमेश र संकेतलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । ५ पटक सम्म मापसे गरेको भेटेपछि नगर्नुस भनेर सम्झाउँदा उल्टै प्रहरीलाइ नै आक्रमण गर्न खोजेको घटना समेत छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले १७ मंसिर ०६८ बाट मापसे सेवन गरेर सवारी चलाउने चालकलाइ कारबाही गर्देै आएको छ । पहिला मापसे मा परेका चालकलाइ जरिवाना मात्र तिराउँने नियम भएपनि एक बर्षपछि लाइसेन्स प्वाल पार्ने नियम समेत महाशाखाले सुरु गरेको थियो । महाशाखाले जतिपटक मापसे गरेर सवारी चालाएको हुन्छ त्यत्तिनै पटक लाइसेन्समा प्वाल पार्देै गएको हुन्छ । महाशाखाका प्रहरी निरिक्षक जनक भट्टराइ का अनुसार ५ पटक सम्म प्वाल परेको छ भने ट्राफिक प्रहरीको १ घण्टा सचेतना कक्षा लिएर जरिवाना तिरेपछि लाइसेन्स फिर्ता हुन्छ । तर जब ६ पटक लाइसेन्समा प्वाल परेपछि भने जरिवाना र सचेतना कक्षले समेत काम गर्दैन किनकी लाइसेन्स निलम्बनमा पर्ने गर्दछ । निलम्बनमा परेपछि ६ महिना सम्म चालकले लाइसेन्स लिन पाउँदैनन भने ६ महिना पछिपनि लाइसेन्स लिने पुरै पक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

अभियान थालेदेखि हाल सम्म ट्राफिक प्रहरीले ३ लाख भन्दा धेरै लाइसेन्समा प्वाल पारेको छ भने ९ हजार लाइसेन्स निलम्बनमा समेत परेका छन् । निलम्बनमा परेपछि लाइसेन्स बिना नै हिड्ने २ हजार जना कारबाहीमा परेका छन् । सडक दुर्घटना कम गर्न र सुरक्षित यात्राको लागि महाशाखाले मापसे चेकजाच अभियान चलाउँदै आएको छ । मापसे सेवन नगरी सवारी चलाउने हो भने दुर्घटना ४० प्रतिशत कम हुने महाशाखाको भनाइ छ । ५ पटक सम्म कारबाहीमा पर्दा समेत एउँटै गल्ती गरिरहने चालकलाइ अझै कडा सजायको व्यवस्था गर्नुपर्ने प्रहरी निरिक्षक भट्टराइ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्