प्रतिनिधिसभाको बैठक भोलि



काठमाडौँ : प्रतिनिधिसभा बैठक भोलि (आईतबार) बस्ने भएको छ । कोरोना महामारी र राजनीतिक अन्योलकाबीच प्रतिनिधिसभा बैठक बस्न लागेको हो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकका एजेण्डा र अर्को बैठक कहिले बस्ने भन्ने बारेमा छलफल गर्न भोलि बिहान ११ बजे कार्यव्यवस्था परामर्शको बैठक बोलाइएको छ ।

गत पुस ७ गते यता वस्न नसकेको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हाे । निर्वाचनका विषयमा अन्यौलता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदमा अवरोध कामयै र कोरोना भाइरस महामारीको जोखिमका बीच बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्