राष्ट्रियसभाको बैठक सोमबार बस्ने



काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसोको लागि बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन् । यसअघि गत माघ २ गते अर्को सूचना नआउन्जेललाई बैठक स्थगित गरिएको थियो ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा भनिएको छ,‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १.०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्