राष्ट्रपतिले प्रधानमन्त्रीलाई लेखेको पत्रका के छ? (पत्रसहित)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासितको भेटमा राखेको धारणा सार्वजनिक भएको छ ।
गत बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए । त्यसक्रममा राष्ट्रपतिले स्थानीय तह निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।
उनको धारणा सात बुँदामा समेटिएको छ । त्यसमा स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुने, स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिनाअगावै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने, जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्य आरम्भ गर्नुपर्नेलगायत विषय उल्लेख छ ।
राष्ट्रपति भण्डारीले लिखित रूपमा तयार गरेको धारणा छलफलका क्रममा प्रस्तुत गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालको भनाइ छ । छलफलमा राष्ट्रपति औपचारिक रूपमा प्रस्तुत भएको विषयलाई राजनीतिकरण गर्न खोजिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्