बार्सिलाेनाकाे कठिन जित



एजेन्सी : स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले कठिन जित दर्ता गरेकाे छ ।  

 

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियो भालेकानोलाई उसैकाे मैदानमा तीन दुईको कठिन जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएका थियो ।

 

लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोना विरुद्ध रियोले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍यायाे । उसका लागि जोस एञ्गल पोजोले गोल गरे ।

 

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर ८७ औं मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे । 

 

खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले बाढिसकेको अंक आफ्नो पक्षमा पार्‍याे । जितपछि बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्